काठमाडौं । ललितपुरको इमाडोलमा सोमवार विहान इनारमा खसेकी न्युतन प्रधानको प्रहरीले सकशुल उद्दार गरेका छन ।
प्रहरीका अनुसार सोमबार बिहान ९ः५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै दोलखा घर भई इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधान इनारमा खेसेकी थिइन ।
इनारबाट उद्धार गरे लगत्तै प्रहरीले उपचारको लागि पाटन अस्पताल लगिएको थियो ।
घरमा धोएको कपडा सुकाउन इनारमा स्ल्याबमाथि चढेर सुकाउने क्रममा स्ल्याब फुट्दा इनारमा खसेकी प्रहरीले बताए ।
प्रधान इनारमा खसेको भन्ने खबर पाए लगत्तै प्रहरी प्रभाग इमाडोलबाट सई श्यामकृष्ण अधिकारीको टोली घटनास्थलमा पुगेको थियो।
यस्तै ललितपुर महानगर प्रहरीको टोली घटनास्थलमा दमकल सहित पुगेको थियो ।
प्रहरी वृत्त सातदोबाटोबाट डिएसपी उमेश जोशी नेतृत्त्वको टोली पनि घटनास्थलमा पुगेका थिए। सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको थियो ।
Categorized in समाज