८ बैशाख २०८१, शनिबार
Header

इमरान खान पक्राउ पछि इस्लामावादमा प्रदर्शन


प्रकाशित: मंगलवार, २६ बैशाख २०८०, १८ः५० बजे
- महानगरखबर

कठमाडौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ भएलगत्तै इस्लामावादमा प्रदर्शन सुरु भएको छ ।


प्रहरीले लाहोरमा माल रोडमा प्रदर्शनमा उत्रेकाहरुलाई हटाउन खोज्दा भिडन्तको स्थिती सिर्जना भएको थियो । 


इमरान खानको घर नजिकै रहेको जमान पार्कमा प्रदर्शनकारी हरुमाथि प्रहरीले अश्रुुग्याँस फालेका थिए भने प्रदर्शकारीहरुले ढुंगा हानेको बीबीसी हिन्दीले जनाएको छ । 

 


खानलाई मंगलवार दिउँसो प्रहरीले इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।


गत वर्ष प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै उनीविरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो । 


उनीविरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको आरोप छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD