काठमाडौं । भर्खरै सपथ ग्रहण गरेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सुविधासम्पन्न प्रधानमन्त्री निवास छाडेका छन । हाल उनी एक सामन्य घरमा बस्न थालेको समाचार ऐजेन्सीहरुले बताएका छन ।
सरकारी खर्च कम गर्ने उनको पूर्व योजना अनुरुप उनले सामन्य जीवन यापन गर्ने नीति लिएका हुन । उनी सैन्य सुरक्षासाथ २ घरयासी कामदारका साथ ३ बेड रुम भएको घरमा वसेका छन् ।
प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५२४ जना रहेका छन् । प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रफ कार थियो जब कि खानले २ वटा मात्र प्रयोग गर्ने भएका छन ।बाँकी कार छिट्टै लिलामी गर्ने योजना अघि सारेका छन ।
प्रधानमन्त्री खानले सरकारी खर्च कटौतीका लागि डा. इस्रत हसनीको नेतृत्वमा समिति नै बनाउने जनाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय