७ भाद्र २०८३, आइतबार
Header

इपिएल विजेताले २५ लाख पाउने


प्रकाशित: मंगलवार, ३ पुष २०७५, १९ः३० बजे
- महानगरखबर

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) बिजेता टोलीले रु २५ लाख नगद पुरस्कार पाउने भएको छ । 


आयोजक इपिएल प्रालिले मंगलवार विज्ञप्ति जारी गर्दै सो पुरस्कार रकम सार्वजनिक गरेको हो । 


तेस्रो संस्करणको इपिएल प्रतियोगितालाई ‘द विगेष्ट’ नारा दिइएको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो ।

 
गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो । प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछ । प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex