१५ चैत्र २०८०, बिहिबार
Header

इन्भेष्टमेन्ट बैंकको ३५ औं बार्षिक सधारणसभा सम्पन्न, १६ प्रतिशत लाभांश पारित


प्रकाशित: आईतवार, १९ मंसिर २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) को ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 


भर्चुअल माध्यमबाट भएको सभामा शुक्रबार बैंक सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


सभाले  १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश पारित गरेको छ । 


गत वर्ष बैंकले ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । बैंकले ३.५५ अर्ब रुपैयाँ खुद नाफा गरेको थियो ।  बैंकको चुक्ता पुँजी १८।३० अर्ब रुपैयाँ पुगेको छ । 


हाल बैंकको ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरू रहेको छ ।  


बैंक पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्डबाट सम्मानित भइसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD