८ जेठ २०८१, मंगलबार
Header

इन्धन मूल्यको विरोधमा फ्रान्समा हिंसात्मक प्रदर्शन


प्रकाशित: आईतबार, ९ मंसिर २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य बृद्धिको विरोध प्रदर्शनले फ्रान्सको हिंसाको रुप लिएको छ । 


पेट्रोल र डिजेलको मूल्य अस्वाभाविक बढाएको भन्दै फ्रान्सका जनताले सरकारविरुद्ध एक सातादेखि प्रदर्शनले हिंसाको रुप लिएको अन्तराष्ट्रिय समाचार ऐजेन्सीले बताएको छ ।


प्रहरीले हिंसात्मक बन्दै गएको प्रदर्शनलाई रोक्न बल प्रयोग गरेको छ । प्रदर्शनकारीले राजधानी पेरिसको शान्ज एलीज इलाकाका निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो ।

 
प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित समूहले केही गाडीहरुमा आगजनी र तोडफोड गरे भने प्रहरीमाथि ढुंगामुढासमेत गरे ।


स्थितिलाई नियन्त्रणमा लिन ३ हजारभन्दा बढी प्रहरीहरु तैनाथ गरिएको छ ।

फ्रान्समा चल्ने धेरैजसो कारमा डिजेल प्रयोग हुन्छ । फ्रान्समा विगत एक वर्षयता डिजेलमा २३ प्रतिशतले मूल्यवृद्धि भएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD