२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

इन्धन ढुवानी नगरे ढुवानी सम्झौता रद्द गर्ने चेतावनी


प्रकाशित: बुधवार, ३ असोज २०७५, २१ः५९ बजे
- महानगरखबर

काठमाडौं । इन्धन ढुवानी नगरे ढुवानी सम्झौता रद्द गर्ने नेपाल आयल निगमले एक सुचना जारी चेतावनी दिएको छ ।

 
निगमले मंगलवार सुचना जारी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कार्पोरेशन (आइओसी) मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ । 


आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष प्रभाव पार्ने अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज राख्न तत्काल आ–आफ्नो क्षेत्रमा ट्याङ्कर सञ्चालन गर्नसमेत सूचीत गरेको छ । 


आम उपभोक्तालाई अप्ठ्यारो पार्ने गरी हड्ताल गर्नु गम्भीर विषय भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताएका छन् । 


केही समयअघि निगमको ढुवानी सम्झौतामा रहेका ट्याङ्कर चालकले उठाएका तलब, भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी पेट्रोलियम पदार्थको नियमित आपूर्ति सरल एवं सहज राख्ने सहमति भए पनि ट्याङ्कर चालकबाट पुनःआपूर्ति असहज गर्ने प्रयास निकै दुःखद् भएको निगमले जनाएको छ । 


इन्धन ढुवानीकर्ता तथा ट्याङ्कर चालकले विभिन्न माग राख्दै मङ्गलबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex