१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

इन्धनको मूल्य बृद्धि फिर्ता नलिए दशैँको अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी


प्रकाशित: मंगलबार, २ असोज २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ४८ घण्टा भित्र सरकारले इन्धनको मूल्य बृद्धि फिर्ता नलिए दशैको अग्रिम टिकट बुकिङ खुला नगर्ने चेतावनी दिएका छन् । 


महासंघले विज्ञप्ती जारी गरी सो चेतावनी दिएको हो । यसअघि यातायात व्यवस्था विभाग र महासंघको बीचमा ४ गतेसम्म सबै तयारी सकेर ५ गतेबाट अग्रिम बुकिङ खुलाउने सहमती भएको थियो ।


सरकारले सोमबार राती १२ बजेदेखि लागुहुने गरि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य वृद्धि गरेपछि यातायात व्यवसायी विरोधमा उत्रेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex