२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

इन्धनको मूल्यमा उच्च वृद्धि, पेट्रोल २१९ र डिजेल २०७ 


प्रकाशित: शुक्रवार, २७ चैत २०८२m ०७ः३६ बजे
- महानगरखवर

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । 


अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको हो।


बिहीबार मध्यरात देखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको छ । 


मूल्यवृद्धिको विवरणनिगमले पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँ वृद्धि गरेको छ । 


यस्तै, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य पनि बढेको छ ।


नयाँ मूल्य अनुसार काठमाडौं उपत्यका पेट्रोल रु २१९ डिजेल र मट्टितेल रु २०७, एलपी ग्यास रु १०० बृछि भएपछि रु २,०१० (प्रति सिलिन्डर) हवाई इन्धन (आन्तरिक) रु ६ बृद्धि हुँदा २५७।०० (प्रति लिटर) बढेको छ ।


कर छुटका बावजुद अर्बौं घाटासरकारले उपभोक्तालाई राहत दिन भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए तापनि निगमको घाटा कम हुन सकेको छैन । निगमका अनुसार यो मूल्यवृद्धि पछि पनि संस्थालाई पाक्षिक  करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने देखिएको छ । निगमले अझै पनि पेट्रोलमा प्रतिलिटर रु १६.६५ र डिजेलमा प्रतिलिटर रु १०९.५० घाटा रहेको दाबी गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex