२१ बैशाख २०८१, शुक्रबार
Header

इन्द्रजात्रा हेर्न पुुगेका युवकको हत्या आरोपमा चार जना पक्राउ


प्रकाशित: बुधवार, १७ असोज २०८०, २१ः०० बज
- महानगरखबर

काठमाडौं । प्रहरीले सोमवार राती इन्द्रजात्रा हेर्न पुुगेको युवकको हत्या आरोपमा चारलाई नियन्त्रणमा लिएको छ । 


काठमाडौं जिल्ला प्रहरी परिसर टेुकुले घट्ना संलग्नहरुको विवरण र फोटोसहित सार्वजनिक गरेको छ । 


सोमवार राती साढे ११ बजेको समयमा भएको सो घट्नामा ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो । 

 


सो घट्नामा संलग्न आरोपमा काठमाडौं महानगरपालिका–१९ घर भई हाल ललिपुरको लुकुसी बस्ने २० वर्षीया सोनिया श्रेष्ठखड्गी, ललितपुर महानगरपालिका–१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गीलाई काठमाडौंको मखनबाट पक्राउ गरेको हो ।


त्यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–२४ कि १९ वर्षीया भूमी मल्ललाई क्षेत्रपाटी र ललितपुरको गोदावरी नगरपालिका–५ घर भई हाल नागबहाल बस्ने १९ वर्षीय अरबिन ठकुरीलाई ललितपुरबाट पक्राउ गरिएको परिसरले बताएको छ । 


प्रहरीले ठकुरीको साथबाट घटनामा प्रयोग भएको धारिलो हतियार (चक्कु) समेत बरामद गरेको छ ।


काठमाण्डौ जिल्ला अदालतबाट सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीको हकमा घट्ना भएको मितिदेखि लागू हुने गरी पहिलो पटक दिन ६ दिन र  भुमी मल्ल र अरबिन ठकुरीको हकमा १६ गते मंगलवार गते देखि लागू हुने गरी पहिलो पटक दिन ५ को म्याद थप अनुमति लिई प्रहरी बृत्त जनसेवाबाट थप अनुसन्धान भई रहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD