२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

इन्द्रजात्रा संंचालनको लागि ५ करोडको अक्षय कोष स्थापना 


प्रकाशित: विहिवार, २६ भाद्र २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकाका प्रसिद्ध जात्रा इन्द्रजात्रा (येँया पुन्हि) संचालन र व्यवस्थापनको लागि ५ करोडको अक्षय कोष स्थापना गरिएको छ । 


विहिवार काठमाडौं महानगरपालिकाद्धारा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष’ घोषणा गरेको छन । 


उक्त कोषमा संघीय सरकारबाट १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारबाट १ करोड रुपैयाँ, काठमाडौं महानगरपालिकाबाट २ करोड र गुठी संस्थानबाट ५० लाख रुपैयाँ रकम जम्मा गरेर ५ करोडको कोष निर्माण गरिएको हो । 


उक्त कोषमा संघ, प्रदेश र स्थानीय ३ वटै तहका सरकार र इन्द्रजात्राको संरक्षणमा चासो राख्ने जसले पनि रकम जम्मा गर्न सक्ने बताउँदै मन्त्री भट्टराईले बताए । 


मन्त्री भट्टराईले भदौ २० गते बसेको परिषद्को बैठकले कोष स्थापना गर्ने निर्णय गरेको जानकारी दिदै यो कोष सञ्चालनका लागि कार्यबिधि तयार हुने बताए । 


महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले  इन्द्रजात्रा व्यवस्थापन समितिको क्रियाशीलता र राष्ट्रपति समेतको विशेष चासोको कारण अक्षय कोष स्थापना गर्न सफल भएको बताए । 


महानगरका प्रमुखको अध्यक्षतामा सरोकारवाला कार्यालय र पक्षका प्रतिनिधिसहित सञ्चालक समिति गठन हुनेछ । यस समितिको सदस्यमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिनिधि एक जना, प्रदेश सरकारको प्रतिनिधि एक जना, इन्द्रजात्रा व्यवस्थापन समितिको अध्यक्ष, गुठी संस्थानको प्रतिनिधि, हनुमानढोका दरबार हेरचाह अड्डाको प्रमुख सदस्य रहनेछन भने महानगरको सम्पदा तथा पर्यटन बिभागका प्रमुख सदस्य सचिव हुनेछन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex