१२ बैशाख २०८१, बुधबार
Header

इन्द्रजात्रा अवलोकन गर्न बोलाउने परम्परा थालेकोमा पुर्व प्रमुखलाई बालेनले दिए धन्यवाद


प्रकाशित: बुधवार, २२ भाद्र २०७९, १३ः५० बजे
- अजयकुमार खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले इन्द्रजात्रा अवलोकनका लागि देशभित्र र बाहिरबाट पाहुना बोलाएको छ ।


बुधबार पत्रकार सम्मेलन गर्दै प्रमुख शाहले महानगरसँग भागिनी सम्बन्ध भएका विदेशी राष्ट्रका नगर प्रमुखहरुलाई इन्द्रजात्रा अवलोकनको लागि बोलाउने परम्परा सुरु गरेका तत्कालीन नगरप्रमुख, उपप्रमुखसहित योजनामा सहभागी सबैलाई धन्यवाद दिएका छन ।


२०७६ सालमा भगिनी सम्बन्ध भएका नगरबाट पाहुना बोलाउन थालिएको नगर प्रमुख बालेन शाहले जानकारी दिदै उनले भने,‘ईन्द्र जात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र भएकाले यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न काठमाडौं महानगरपालिकाले जात्रा अवलोकनका लागि देशभित्र र बाहिरबाट पाहुना बोलाएको स्पष्ट पारेको हो ।’

 


देशभित्रका ५ वटा नगरसँगै महानगरको १८ वटा अन्तर्राष्ट्रिय नगरहरुसँग भगिनी सम्बन्ध छ । यसरी सम्बन्ध गाँसिएका अन्तर्राष्ट्रिय नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन ।   


काठमाडौं महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ’, शाहले भने, ‘यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, मान्मारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।’


मेयर शाहले अहिले विश्वमा कोविड संक्रमणको दर बढिरहेकाले  जात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय प्रतिनिधित्व यसैमा निर्भर रहने बताए । 


‘चीनमा संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्डलाई कडाई गरिएकोले पाहुनाहरु आउन कठिन हुने प्रारम्भिक सूचना पाएका छौं’, उनले भने।


मेयर शाहले इन्द्र जात्राको अवसरमा जीवित देवी देवता श्री कुमारी, श्री गणेश र श्री भैरवको रथारोहण, रथयात्रा, विभिन्न नाचहरु, परम्परागत भेषभूषाको अवलोकनकालागि सम्पूर्णमा निमन्त्रणासमेत दिए ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD