१२ बैशाख २०८१, बुधबार
Header

इन्द्रजात्रामा कालो झण्डा देखाउन खोज्नेहरु पक्राउ, २४८ टिसर्ट र व्यानर बरामद


प्रकाशित: शुक्रवार, २७ भाद्र २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । इन्द्रजात्रामा कालो झण्डा देखाउन खोज्ने केहीलाई प्रहरीले बसन्तपुरबाट पक्राउ गरेको छ । 


राष्ट्रपति विद्यादेवी भण्डारी सवार हुने समयमा प्रदर्शन गर्न लागेको प्रहरीले सुचना पाएपछि उनीहरु पक्राउ परेका हुन । 


प्रहरीका अनुसार राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा प्रदर्शन गर्न लागेकाहरुलाई पक्राउ गरेको हो । 

 


पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर बरामद गरेको छ । 


प्रहरीले काठडमाडौं महानगरपालिका २१ का रघुराज राजभण्डारी, सुवास राजभण्डारी, काठमाडौं महानगरपालिका २० का सुनील लामालगायतलाई पक्राउ गरेको छ । 
 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD