६ बैशाख २०८१, बिहिबार
Header

इन्द्रजात्राको महत्वलाई अन्तर्राष्ट्रियकरणमा जोडः प्रमुख शाक्य


प्रकाशित: शनिवार, २१ भाद्र २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले ईन्द्रजात्राको महत्वलाई अन्तरराष्ट्रियकरण गर्न जोड दिएको बताएको छ ।


फिनल्याण्डमा आयोजित ३ दिने टुरिज्म समिटमा भाग लिई शनिवार काठमाडौं फर्केका प्रमुख शाक्यले अन्तर्राष्टिय विमानस्थलमा उक्त समिटमा आफुले इन्द्रजात्राको महत्वलाई प्रस्तुत गर्दै जात्रालाई अन्तरराष्ट्रियकरण गर्ने र नेपाल भ्रमण बर्ष २०२० को प्रवर्धनमा गर्ने बिषयलाई जोड दिएको बताए । 


प्रमुख शाक्यले काठमाडौंका सांस्कृतिक तथा प्राकृतिक र पुरातात्विक सम्पदालाई पर्यटन उद्योगका रुपमा रुपान्तरण गर्न आफू उत्साहित भएको भनाई राखेका छन । 


सम्मेलनमा ‘कल्चरल हेरिटेज एण्ड क्रिएटिभ इण्डष्ट्रि’ बिषयक प्यानल डिस्कसनमा प्यानलिष्टका रुपमा काठमाडौंको सांस्कृतिक महत्व, स्थानीय रहनसहन, जात्रापर्व तथा संस्कार र जीबन्त चालचलनका बिषयमा धारणा प्रस्तुत गरेको प्रमुख शाक्यले जानकारी दिए । 


भदौ १६, १७ र १८ गते प्रमुख शाक्य र उपप्रमुख हरिप्रभाव खडेगीश्रेष्ठ बल्र्ड टुरिजम सिटिज फेडेरेसन र सिटिज अफ हेल्सिङ्कि फिनल्याण्डको संयुक्त आयोजना सम्पन्न सम्मेलनमा भाग गएका थिए । 


‘स्मार्ट टुरिजम—रोड टु सिटि इनोभेसन एण्ड डिभलपमेन्ट’ बिषय केन्द्रीत सम्मेलनमा भाग लिन ८० भन्दा बढी संस्थागत प्रतिनिधिको सहभागिता थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD