१५ चैत्र २०८०, बिहिबार
Header

इन्डोनेसिया सुनामी अपडेटः मृत्यु हुनेको संख्या २२२, बेपत्ता २८ जना


प्रकाशित: आईतबार, ८ पुष २०७५,१९ः०० बजे
- महानगरखबर

काठमाडौं । भूकम्प प्रभावित देश इन्डोनेसियामा सुनामी आएको छ ।इन्डोनेसियामा सुनामीमा परि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या २२२ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । 


इन्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा समुद्रीतटमा आएको सुनामीमा  ८५३ घाइते  भएका छन भने केही २८ बेपत्ता भएको छ । 


विपद् व्यवस्थापन एजेन्सीका अनुसार सयौं घरहरु भत्किएका छने भने मानिस सुरक्षित स्थानतर्फ गईरहेको छ ।


सुनामी प्रभाव सबैभन्दा धेरै पांडेलाङ, दक्षिण लाम्पुङ र सेराङ क्षेत्रमा क्षति पुराएको अधिकारीहरुल जनाएका छन् ।  


क्राकाटोआ नामक ज्वालामुखी विस्फोटपछि समुद्रमुनि गएको पहिरोले सुनामी आएको हुनसक्ने अनुमान छ ।


गत सेप्टेम्बरमा मात्रै भूकम्पपछि आएको सुनामीमा परी त्यहाँ २ हजारले ज्यान गुमाएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD