काठमाडौं । इन्डोनेसियामा ७.५ रेक्टर स्केलको भुकम्पको झड्का आए लगत्तै सुनामी आएको अधिकारीहरुले बताएका छन् ।
इन्डोनेसियामा तटवर्ती इलाका आएको सुनामीले अहिले सम्म ५ जनाको ज्यान गईसकेको जनाएको छ । पालु सहरमा सुनामीको सबैभन्दा ठुला असर परेको छ । त्यहाँ २ मिटरको उचाईमा समुन्द्रको छाल उठेको देखिएको छ ।
सामाजिक सञ्जालमा राखिएको सुनामीको भिडियोमा मानिसहरु कराईरहेको आवाज आएको छ । भिडियोमा एक मस्जिद ढलेको देखिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय