१६ चैत्र २०८०, शुक्रबार
Header

इन्डोनेसियामा सम्पन्न प्रतियोगीतामा चारमध्ये तीनवटा उपाधी नेपालको पोल्टामा


प्रकाशित: २०७६ ज्येष्ठ २९ बुधबार
- महानगरखवर

काठमाडौं । एउटा अन्तर्राष्ट्रिय ब्यूटि पेजेन्टमा नेपालले चारमध्ये तीन वटा उपाधी हात पारेको छ । इन्डोनेसियामा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा नेपालले तीनवटा उपाधी जितेको हो ।


इन्डोनेसियाको प्रख्यात पर्यटकीय शहर बालीमा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा लिटिल प्रिन्सको उपाधी नेपालका विशान कटवालले जिते । कटवाले मुख्य उपाधीको साथमा मोस्ट कन्फिडेन्टको पुरस्कार समेत जिते ।


साथै लिटिल प्रिन्सेजतर्फको उपाधी शैव्या घिमिरेले हात पारिन् । शैब्याले भने राष्ट्रिय पहिरन (बेस्ट नेशनल कस्ट्यूम) को पुरस्कार पनि जितिन् । शैव्याले आफ्नो पहिरनमा नेपालको राष्ट्रिय चरा डाँफेको झझल्को दिएकि थिइन् । उक्त ड्रेसको डिजाइन भने फेसन डिजाइनर श्रीषा वैदार फैजुले गरेकि थिइन् ।


टिन प्रिन्सेजको उपाधी पनि नेपालकै पोल्टामा परेको छ । टिन प्रिन्सेजको उपाधी नेपालकै वेलिस्मा कटवालले जितिन् । वेलिस्माले बेस्ट ट्यालेन्टको पुरस्कार पनि नेपालको जितेकी छन् । उनले ट्यालेन्ट राउन्डमा पाकिस्तानी व्हीलचियर आर्टिस्ट भनी प्रशिद्ध मुनिबा मजारीको जीवनि प्रस्तुत गरेकि थिइन् । ५ मिनेटको दौरानमा बेलिस्माले आफैं व्हील चियरमा बसेर मुनिबा मजारीको अभिनय गर्दै उनको जीवन प्रस्तुत गरेर दर्शकलाई भावुक बनाइदिएका थिए ।


चारवटा मुख्य उपाधी मध्ये तीनवटा नेपालले जितेको हो । मात्र टिन प्रिन्सको उपाधी इन्डोनेसियाका आगुङ्ग दिप्ताले जितेका थिए । तीनवटा मुख्य उपाधीको साथमा विभिन्न सव टाइटल पनि नेपालको हात परेको छ । कन्जेनियालिटिको पुरस्कार आध्या कार्कीले जितिन् भने बेस्ट फोटोजेनिक प्राप्ती राजभण्डारी, एलेगेन्स रिद्धिमा नेपाल, मोस्ट चार्मिङ जेसिका राईले जितिन् ।


प्रतियोगीताको निर्णायक मण्डलमा समेत नेपालको प्रतिनिधित्व रहेको थियो । निर्णायक मण्डलका तीन सदस्य मध्ये नेपालका अन्तर्राष्ट्रिय कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका संस्थापक निर्देशक राज फैजु पनि रहेका थिए । अन्य दुई सदस्यमा जकार्ताका अन्तर्राष्ट्रिय मोडल कियान र इन्डोनेसियाका अन्तर्राष्ट्रिय मोडल पेडि रहेका थिए ।


सो प्रतियोगीतामा अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले नेपालको बारेमा पनि बोलेका थिए । मन्तव्यको क्रममा कोरीयोग्राफर फैजुले सन् २०२० मा नेपाल आउन सबैलाई आव्हान गरेका थिए । साथमा बालीको साथै, इन्डोनेसियामै नेपाललाई भारतको प्रान्तको रुपमा व्याप्त भ्रम चिर्ने अवसर पाएकोमा गर्व महसूस भएको पनि फैजुले बताए । 


प्रतियोगीताको शुरुवातमा इन्डोनेसियाको साथै नेपालको राष्ट्रिय गान समेत बजाइएको थियो । बालीको बसाईँकै दौरान फैजुले बालीका गभर्नर इबु पुत्री कोस्टरसँग भेट गर्ने अवसर समेत प्राप्त गरे । भेटको क्रममा फैजुल गभर्नर कोस्टरलाई नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउनुका साथै यहाँको प्राकृतिक सम्पदाको बारेमा पनि जानकारी गराउनु भएको थियो । फैजुले पुत्रीलाई सगरमाथाको प्रतिरुप उपहार पनि प्रदान गरेका थिए ।


सम्पूर्ण नेपाली प्रतिस्पर्धीहरुले नेपालमा रेडियन्ट ईभेन्ट म्यानेजमेन्टको पहलमा यस प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाएका थिए । यस प्रतियोगीतामा उपाधी विजेताहरुले नेपालमा रेडियन्टकै आयोजनमा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेजको उपाधी विजेताको हैसियतले इन्डोनेसियामा अवसर पाएका हुन् ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD