काठमाडौं । इन्डोसियामा आएको भुकम्पछिकोको सुनामीमा मर्नेको संख्या ४ सय पुगेको अधिकारीहरुले बताएका छन् ।
अधिकारीहरुको अनुसार घाईते सयौँ जनाको अस्पताल उपचार भइरहेको छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रम पनि चलिरहेको बताइएको छ ।
उनीहरु सवैको इन्डोनेसियाको पालु शहरमा मृत्यु भएको र मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने देखिएको अधिकारीहरुको भनाई छ ।
सुनामी आएपछि मानिसहरु आत्तिएर चिच्याइरहेका र भागिरहेका थिए । एउटा मस्जिदमा पनि क्षति पुगेको बताइएको छ । अस्पताल, होटल र पसललगायतका हजारौं घरहरू भत्किएका छन ।
यस क्षेत्रमा अहिले विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएका छन भने, पहिरोका कारण कतिपय मुख्य बाटोहरु अवरुद्ध भएका छन ।
गत शुक्रवार ७.५ म्याग्निच्यूडको शत्तिशाली भूकम्प आएपछि शक्तिशाली सुनामीले पनि आएको हो ।
Categorized in अन्तर्राष्ट्रिय