२० बैशाख २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

इन्डोनेसियमा फेरि शक्तिशाली भूकम्प गयो, सुनामीको चेतावनी


प्रकाशित: आईतबार, २० साउन २०७५, २०ः२५ बजे 
- महानगरखबर

काठमाडौं । गत हप्ता आएको भुकम्प लगत्तै फेरि इन्डोनेसियामा शक्तिशाली भूकम्प गएृको अमेरिकी भूगर्व विभाग (यूएसजीएस) ले जनाएको छ ।

 
इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु लोम्बकको सतहबाट १० किलोमिटर गहिराइमा रहेको यूएसजीएसले बताएको छ ।

 
भूकम्प आए लगत्तै इन्डोनेसियाली अधिकारीहरूले भूकम्पपछि लोक्बक र वरपरका क्षेत्रमा सुनामी आउने चेतावनी दिएका छन् । नागरिकहरूलाई सामूद्रिक क्षेत्रबाट टाढा रहन आग्रह गरेका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । 


एक हप्ता पहिले भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय टापू लोम्बकमा १७ जनाको मृत्यु भएको थियो ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex