७ बैशाख २०८१, शुक्रबार
Header

इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी


प्रकाशित: सोमवार, १८ पुस २०७९, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल –आईस्पान)ले इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन ।


सोमवार आईस्पनका अध्यक्ष सुधीर पराजुलीलले नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेकोले सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन । 


उनले भने, ‘विद्युत प्राधिकरणले मोनोपोली देखाए हामी इन्टरनेट हड्ताल गर्न पनि पछि पर्दैनौं । इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुन सक्छ । हाम्रो तालाचाबी प्राधिकरणमा बुझाउँछौं ।’


विद्युत  प्राधिकरणले काठमाडौं, विराटनगर, इनरूवा, काँकरभिट्टा, गौरीगञ्ज, पोखरा, धरान लगायतका जिल्लामा इन्टरनेट सेवा प्रदायकहरुको तार काटिएको  आइएसपानका अध्यक्ष पराजुलीले दाबी गरे ।


प्राधिकरणले भाडाकै निुहँमा पटक पटक इन्टरनेट सेवा प्रदायकहरुको डेटा सेन्टर, अपरेशनल पोइन्ट, इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर, तार काटिदिएको भन्दै आइस्पानले आक्रोश व्यक्त गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD