१६ चैत्र २०८०, शुक्रबार
Header

इन्टरनेट सेवा अवरुद्ध गर्ने चेतावनी 


प्रकाशित: शुक्रवार, २७ बैशाख २०७६, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले इन्टरनेट तथा टेलिभिजन सेवा अवरुद्ध गर्ने चेतावनी दिएका छन । 


नेपाल विद्युत प्राधिकरणले हालै बृद्धि शुल्कको विषयलाई लिएर समितिले सो चेतावनी दिएको हो । 


प्राधिकरणले पोल प्रयोग वापतको शुल्कमा बृद्धि गरेपछि शुक्रवारसम्म प्राधिकरणसँग सम्झौता नगरे तार काटिने चेतावनी दिएपछि इन्टरेनट व्यवसायीहरु सो विरुद्ध उत्रेका हुन । 


व्यवसायीहरु भने सो शुल्क नतिर्ने पक्षमा देखिएका छन । प्राधिकरणले तार काटेर सेवा बन्द भए त्यसको जिम्मा सरकारले नै लिनुपर्ने बताएका छन ।


यस अघि नेपाल टेलिकम र एनसेलले प्राधिकरणसँग पोल सम्झौता गरिसकेका छन । 


समन्वय समितिमा नेपाल केबल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) र डिस मिडिया नेटवर्क छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD