काठमाडौँ । इतुम्बहाःमा रहेको श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन गरिएको छ ।
शनिवार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले युनेस्कोको सम्पदाको सूचीमा रहेको देवाद्यः छेँको उद्घान गरेका हुन ।
शाक्यले सो अवसरमा आफ्नो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुननिर्माण भइसकेको जानकारी दिँदे भने,‘मूर्तमात्र होइन अमूर्त सम्पदाको संरक्षणमा पनि काम भइरहेको छ् ।’
शाक्यका अनुसार पुननिर्माण गरेर देवाद्यः छेँ श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजलाई सुम्मिसकेपछि अब महानगरपालिकाको काम सकिएको छ । काठमाडौँको मुटुमा रहेको इतुम्बहाःमा काठमाडौँ महानगपालिकाको सहयोगमा देवाद्यः छेँको पुननिर्माण भएको हो । जुन इतुम्बहाःका करीब १५० भन्दा बढी घरधुरीको इस्ट देवताको घरको रुपमा रहेको छ । सो देवाद्यः छेँको पुननिर्माण गर्न करीब दुई वर्षअघि शिलान्यास गरिएको थियो ।
केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष क्याप्टेन चन्द्रबहादर शाक्यले इतुम्बहाःको गौरव र प्रतिष्ठाको रुपमा देवाद्यः छेँको पुननिर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए ।
उनले यस क्रममा श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार नेपाल मण्डलकै समृद्ध र सुविधायुक्त महाविहार हो, भनेका छन् ।
यसैगरी, महाविहार संरक्षण समाजका महासचिव प्रज्ञारत्न शाक्यले मूर्त सम्पदाको रुपमा रहेको देवाद्यः छेँको पुननिर्माण सकिएपनि यस समाजमा रहेका कैयौँ अमूर्त सम्पदाको संरक्षण र जगेर्णा गर्न बाँकी रहेको भनाई राखे ।
Categorized in सम्पदा/संस्कृति