काठमाडौं । सरकारले इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमास आक्रमण परि मृत्यु भएका परिवारलाई क्षतिपुर्ति दिने भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले आक्रमाण परि मृत्यु भएका १० परिवारलाई प्रति परिवार १० लाख रुपियाँ क्षतिपूर्तिको घोषणा गरेका छन ।
त्यसैगरी सरकारले मृतकको नाममा मंगलबार राष्ट्रिक शोक मनाउने निर्णय भएका सरकारका प्रवक्ता समेत रहेकी सुचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताईन ।
प्रवक्ता रेखा शर्माले हमासको आक्रमणका कारण अलपत्र परेका नेपालीलाई नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको विमान चार्टर गरी स्वदेश फर्काउने प्रबन्ध गर्ने निर्णय भएको समेत बताईन ।
शनिबार हमास आक्रमण परि इजरायलमा १० नेपालीको मृत्यु भएको थियो ।
Categorized in राष्ट्रिय