१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

इजरायलमा नेपाली राजदूत डा.अञ्जान शाक्यलाई विशिष्ट सम्मान


प्रकाशित: विहीवार, २  फागुन २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । इजरायलको लागि नवनियुक्त नेपाली राजदूत डाक्टर अन्जना शाक्यले विहीवार इजरायली राष्ट्रपतिको कार्यालयमा ओहोदाको प्रमाण–पत्र पेश गरेकी छन ।


इजरायली राष्ट्रपति रेउभेन रिभ्लीन समक्ष नेपाली राजदूत डाक्टर शाक्यले ओहोदाको प्रमाण–पेश गरेकी हुन । 


ओहोदाको प्रमाण–पत्र पेश गर्ने कार्यक्रममा इजरायली राष्ट्रपति कार्यालयले नेपाली राजदूत शाक्यलाई अत्यन्त विशिष्ट सम्मान दिने कार्य भएको थियो। विशिष्ट सम्मान गार्ड अफ अनर इजरायली सरकारले नेपाली राजदूत डाक्टर शाक्यलाई प्रदान गर्ने कार्य भएको हो ।


त्यस कार्यक्रममा नेपाली राजदूत डाक्टर शाक्यसंग इजरायली राष्ट्रपति रेउभेन रिभ्लीनले आधा घण्टा खुलेर भेटवार्ता पनि गरेका थिए । भेटवार्ताका क्रममा डाक्टर शाक्यले राष्ट्रपति रिभ्लीन समक्ष नेपालको सातवटै प्रदेशमा इजरायलको सेन्टर अफ एक्सिलेन्सी अर्थात इजरायली प्रविधिको तालिम केन्द्र खोल्नका लागि प्रस्ताव राखेकी थिइन ।


इजरायली उच्च प्रविधिको कृषि, सूचना–प्रविधि, कम्प्युटर इञ्जिनियरिङ, मेडिकल, शिक्षा तथा एडभान्स टेक्नोलोजीको सेन्टर अफ एक्सिलेन्सी खोलेर नेपाललाई सहयोग गर्न गरेको अनुरोधलाई राष्ट्रपति रिभ्लीनले सकारात्मक रुपमा लिएका छन ।


भेटवार्ताकै क्रममा नेपाली राजदूत डाक्टर शाक्यले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभेच्छा सन्देश र नेपाल भ्रमणको निम्तो पनि राष्ट्रपति रिभ्लीन समक्ष पेश गर्ने कार्य पनि भएको छ । 


दुई पक्षिय भ्रमणवाट नेपाल र इजरायल वीचको दौत्य संवन्ध तथा भाइचारा अझ बलियो तथा कसिलो हुने राय नेपाली राजदूत डाक्टर शाक्यले पेश गरेकी थिइन ।


नेपालमा हुन गैरहेको इन्भेष्टमेन्ट समिटमा भाग लिएर नेपालमा इजरायली उद्योगपति तथा व्यापारीहरुलाई राजदूत डाक्टर शाक्यले गरेको आव्हानवाट पनि त्यहाँका आधा दर्जनभन्दा बढी प्रतिष्ठित उद्योगपति तथा व्यापारीहरु सकारात्मक बनेका छन ।


उनीहरु नेपालमा हुन गैरहेको इन्भेष्टमेन्ट समिटमा भाग लिएर नेपालमा लगानी गर्न इच्छा समेत व्यक्त गरेका छन्। अझ नेपाली राजदूत डाक्टर शाक्यले इजरायलको राष्ट्रभाषा हिब्रुमा समेत संवोधन गर्दा इजरायली राष्ट्रपति रिभ्लीन देखि सरकारी कर्मचारी र इजरायली मिडियाहरु समेत व्यापक प्रभावित बनेको थियो ।


इजरायली सरकारी मिडियामा नेपाली राजदूत डाक्टर शाक्यलाई व्यापक प्राथमिकता दिएर समाचार प्रकाशन तथा प्रसारण गरेको पाइयो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex