काठमाडौं । प्यालेस्टाईन आक्रमणपछि युद्धग्रस्त इजरायलमा फँसेका २५३ जना विद्यार्थी शुक्रवार विहान ३ बजे काठमाडौ फर्केका छन ।
विहिवार नेपालबाट परराष्ट्र मन्त्री एनपी साउद विद्यार्थी लिन इजरायल पुुगेका थिए । बिहीबार तेल अभिभबाट नेपाली लिएर उडेको जहाज आज बिहान ३ बजे विमानस्थल अवतरण गरेको हो ।
विमानस्थलमा हिजो देखि कुरेर रहेका आफन्तहरुको खुसीको सिमा थिएन । उनीहरुले फर्केकाहरुसँग अंगालो हालेर मया दर्शाएका थिए ।
उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी छन ।
सुदूरपश्चिमबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाले हमासको आक्रमणमा परी ज्यान गुमाएका छन । विपिन जोशी अझै बेपत्ता छन भने आक्रमणमा परी घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको इजरायलमै उपचार भइरहेको छ ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार अब कामदारलाई पठाइने भएको छ । इजरायलमा ४ हजार ५ सय नेपाली कामदार छन ।
Categorized in राष्ट्रिय