१४ बैशाख २०८१, शुक्रबार
Header

इक्वेडर भूकम्पमा १४ जनाको ज्यान गयो 


प्रकाशित: आईतवार, ५ चैत्र २०७९, १२ः०२ बजे
- महानगरखवर

काठमाडौं । शनिवार दक्षिण र उत्तरी पेरुमा गएको ६.८ रेक्टरको शक्तिशाली भूकम्पको चपेटामा परि १४ जनाको ज्यान गएको छ । 


भूकम्पमा परी भग्नावशेषमा फसेका हरुलाई उद्धार टोलीहरूले बाहिर निकालेका थिए ।

 
यूएस जियोलोजिकल सर्भेले इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट ५० माइल दक्षिणमा रहेको प्रशान्त महासागरको तटमा केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ । 


पीडितहरू मध्ये एक पेरुमा र १३ जना इक्वेडरमा मृत्यु भएका छन ।  अधिकारीहरूले पनि कम्तिमा १२६ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । 


पेरुमा भूकम्पको धक्का इक्वेडरसँगको उत्तरी सीमादेखि मध्य प्रशान्त तटसम्म महसुस गरिएको थियो ।  


पेरुका प्रधानमन्त्री अल्बर्टो ओटारोलाले इक्वेडरको सिमानामा रहेको टुम्बेस क्षेत्रमा आफ्नो घर भत्किँदा टाउकोमा चोट लागेर ४ वर्षीया बालिकाको मृत्यु भएको बताएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD