काठमाडौं । सरकारले सोमवार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँ आगामी आ.व. २०८०/८१ के लागि प्रस्तुत गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशरण महतले संसदमा पेस गरेको बजेटमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात ६५.२० प्रतिशत रहेको छ ।
पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड ( १७.२५) प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड (१७.५५ प्रतिशत बिनियोजिन गरेको छ ।
यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो ।
सरकारले चालु आ.व. २०७९/८० का १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
विनियोजिन गरेको बजेट खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रूपैयाँ व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ न्यून हुनेछ ।
सो न्यून स्रोत पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋणबाट व्यहोरिनेछ प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।
प्रस्तुत बजेटमा सरकारले आगामी बर्ष सवारी खरिद नगर्ने, इन्धनको सट्टा नगदै प्रदान गरिने, एक सय रुपियाँमै कम्पनी खोल्न पाईने, सन् २०२३ सम्ममा १० लाख पर्यटक भित्रयाईने, काठमाडौंमा थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाईट स्थापना गर्ने लगायत छन ।
बजेटको पूर्ण पाठः
Categorized in राष्ट्रिय