४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आश्रमले जग्गा खोजे महानगरले भवन बनाईदिनेः प्रमुख शाक्य


प्रकाशित: शनिवार, २८ पुष २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौ महानगरपाकिा प्रमुख विद्यासुन्दर शाक्यले मानव सेवा आश्रमले जग्गा खोजे महानगरले भवन बनाईदिने बताएका छन् । 


शनिवार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा प्रमुख शाक्यले आफुले आश्रमको अवलोकन गरेको बताउँदै काठमाडौ उपत्यकामा आश्रमको भवन बनाई दिने घोषणा गरेका हुन ।

 
काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमका लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन ।


पत्रकार सम्मेलनमा आश्रमको अवलोकन पछि आफु एकदमै प्रभावित भएको बताएका थिए । आश्रममा रहेका सेवा प्रदान गर्नेहरुले घर परिवारमा भन्दा राम्रो सेवा दिएको देखेको वताए ।


काठमाडौं दुई ठाउँ सामाखुशी र बुढानीलकण्ठमा सञ्चालित दुवै आश्रमको घरभाडा महानगरले तिर्दै आएको मेयर शाक्यले जानकारी दिए । 


हाल देशका विभिन्न जिल्लाम १४ वटा आश्रमहरु सञ्चालन भईरहेको आश्रमका प्रमुख संरक्षक एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले बताए । 


सो पत्रकार सम्मेलनमा आश्रम प्रमुख टण्डनले स्थानीय निकायको हामीलाई सहयोग आवश्यक रहेको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex