काठमाडौं । सरकारको मन्त्रिपरिषदको बैठकले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने निर्णय गरेकोे सरकार प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधि पृथ्वीसुब्बा गुरूङले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
मंगलवार बसेको मन्त्रिपीरिषद बैठकले यो सँगै थप निर्णयहरु पनि गरेको प्रवक्ता गुरुले बताए ।
हेरौं मन्त्रिपरिषका निर्णयहरुः
३) नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंमा सरूवा गर्ने ।
४) विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त ।
५) महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
६) प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय ।
७) नेपाल सरकारको नाममा दर्ता रहेको बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं. ६ को १७२५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा बुढीगंगा नगरपालिकाको प्रशासकीय भवन निर्माणार्थ बुढीगंगा नगरपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने निर्णय ।
८) फिलिपिन्समा आयोजना हुने Face to Face Meeting मा २०८१ साल पुस २८ देखि माघ २ गतेसम्म नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
९) जिल्ला समन्वय समिति कैलालीको नाममा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं. १ को २७१८ वर्गमिटर जग्गा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिका, कैलालीलाई उपयोग गर्न स्वीकृति दिने।
१०) पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने।
११) राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्य, रुपन्देहीलाई नियुक्त गर्ने निर्णय ।
१२. हिल्सा–सिमिकोट सडकको सल्लिसल्ला–सिमिकोट खण्डको कडा चट्टान रहेको ८०० मिटर लम्बाईको सडक निर्माण र चुवा खोलामा वेली वृज निर्माणको कार्य नेपाली सेनाबाट गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।
१३) कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं. ६ वयरवनलाई परिवर्तन गरी वडा नं. ५ भौसाबारी कायम गर्ने ।
१४) अप्पर देउमाई खोला साना जलविद्युत आयोजना निर्माणको लागि इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका तथा देउमाई नगरपालिकामा रहेको राष्ट्रिय वनको ४.८२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।
१५) वाणिज्य नीति, २०८१ स्वीकृत गर्ने निर्णय ।
१६) खानेपानी तथा सरसफाई नियमावली, २०८१ स्वीकृत गर्ने।
१७) निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने।
१८) ऊर्जा विकास मार्गचित्र, २०८१ स्वीकृत गर्ने निर्णय ।
१९) राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने ।
२०) विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्त गुरुङले बुधवार पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
1 January 2025, wednesday
Categorized in राष्ट्रिय