काठमाडौं । बलिउड नायिका आलिया भट्टले जर्मनी तानाशाह एडोल्फ हिटलरको नामसँग गहिरो रुचि राख्ने गर्छिन ।
स्कुले बेलामा पाठ्यक्रमभन्दा पनि हिटलरको कथा पढ्न रुचाउने आलियालाई अखिर हिटलर के कुराले प्रभावित गरेको छ त ?
दोश्रो विश्वयुद्धको कथा खोतल्दै उनले भनेकी छिन, “ म आधा जर्मन हँु । मेरो हजुरआमाको बाबु जर्मन भएको जो त्यसबेला नाजीको यातना शिविरमा रहेका थिए । ”
यही कारणले गर्दा हिटलरको बारेमा सधै जान्न उत्सुक भएको उनले वताएका छन् ।
Categorized in मनोरन्जन