२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक 


प्रकाशित: मंगलवार, २३ असार २०८३, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । 


त्यस्तै मुद्रास्फीति दर ५.५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले बताए । 


बैंक तथा वित्तीय संस्थाका शाखा स्थापना र समायोजन गर्न सहज व्यवस्था आगामी आवको मौद्रिक नीतिले गरेको पौडेलले बताए ।


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएका निर्देशनलाई सरल, स्पष्ट र कार्यान्वयनमैत्री बनाउने भएको छ ।


भाषागत जटिलता र दोहोरोपन हटाउँदै नियमनलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्देशनहरूको पुनर्लेखन गरिने भएको हो । 


यसअन्तर्गत पहिलो चरणमा कर्जा प्रवाह, ब्याजदर निर्धारण तथा वित्तीय ग्राहक संरक्षणसम्बन्धी निर्देशन पुनर्लेखन गरिने राष्ट्र बैंकले जनाएको छ ।


बैंक तथा वित्तीय संस्थाको लागत घटाउन आवश्यक व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ । 


त्यसैगरी आगामी आवको मौद्रिक नीतिले बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर, अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात हालकोलाई नै निरन्तरता दिएको गभर्नर पौडेलले बताए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex