१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

आर्जन बचतको तह्रौ वार्षिक साधारण सभा 


प्रकाशित: बुधवार, १५ मंसिर २०७८, १६ः०० बजे
- केडिआर

काठमाडौं । शनिबार एक कार्यक्रम गरी आर्जन बचत तथा ऋण सहकारी संस्था लि.ले तेह्रौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 


बसुन्धारा काठमाडौंमा सम्पन्न सो साधारण सभाले अध्यक्ष दल बहादुर आलेद्वरा प्रस्तुत २०७७÷०७८ को वार्षिक प्रतिवेदन, आ.ब. २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, आ.ब. २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन, आ.ब. ०७७/०७८ को लेखापरीक्षक नियुक्ती, संचालक समितिको निर्णय अनुमोदन आगामी वर्षको कार्ययोजना सम्बन्धमा तथा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन लगायतका विषय उपर छलफल गरी आगामी आ.ब.को लागि पारित गरेको छ । 


साधारण सभामा प्रस्तुत गरिएको बासलात हिसाब अनुसार चालु आ.ब. मा संस्थाको शेयर पूँजी १ करोड ८६ लाख ८४ हजार ४ सय रुपैंया जगेडा कोष १६ लाख ८५ हजार ७ सय ४ रुपैंया ४३ पैसा, अन्य कोषहरु ३० लाख १३ हजार ७ सय ५३ रुपैंया ९० पैसा, बचत हिसाब १७ करोड ८८ लाख ७० हजार ८ सय १६ रुपैंया ८५ पैसा, कर्जा सापटी ३ करोड ७० लाख ८ हजार ५ सय ३७ रुपैंया ४४ पैसा भुक्तानी दिनुपर्ने ८१ लाख ७६ हजार १ सय २७ रुपौंया १८ पैसा, खराब कर्जा २९ लाख आयकर १ लाख ९८ हजार ५ सय १५ रुपैंया ३१ पैसाको भएको छ भने संस्थाको जम्मा कारोबार २५ करोड ५ लाख ३७ हजार ८ सय ५५ रुपैंया ११ पैसाको भएको छ । साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।   
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex