७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौति, धनराजले गृहमन्त्री विरुद्ध दिए उजुरी


प्रकाशित: सोमवार, ७ जेठ २०८१, १७ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका नेताहरुमाथि लगाएको विभिन्न आरोपहरु प्रमाणित गर्न चुनौति दिएका छन । 


सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, कपोलकल्पित र हिंस्रक भएको ठहर गरेको छ ।


आइतवार संसदमा बोल्न पाएका गृहमन्त्री माथि विभिन्न आरोप–प्रत्यारोपहरु गरेका थिए । 


आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले ‘उहाँले जसरी लाञ्छित गर्नुभयो, प्रश्न उठाउनुभएको छ । तपाईं छानबिन गर्नुस्, अनुसन्धान गरेर प्रमाणित गर्नुस्’ प्रमुख सचेतक लेखकले भने, ‘गम्भीर लाञ्छना लगाउनुभएको छ, प्रमाणित गर्न सक्नुभएन भने त्यो पनि भोलिको दिनमा व्यहोर्नुपर्ला ।’


‘उहाँले आफूमाथि लागेको अभियोगरप्रश्नबाट भाग्न तथाकथित प्रश्न खडा गर्न पाइँदैन । आफूमाथि लागेको प्रश्नको जवाफ दिन जरुरी छ ।’ लेखकले भने । 


साथै अरुमाथि लाञ्छना लगाएर सहकारीको रकम अपचलनमा लामिछानेले उन्मुक्ति नपाउने समेत बताएको छ ।


कांग्रेसले सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । 


उनले सरकारमा बसेका मानिसहरुले जवाफ लिनुको साटो अरुमाथि आरोप लगाएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।


यसैविच नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन । 


उपसभापति गुरूङले सोमबार सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै निवेदन दिएका हुन ।

 
उपसभापति गुरूङले ‘सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गर्नु मागसहित निवेदन दिएका छन ।


गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधि सभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको गुरूङको भनाइ छ ।


‘उहाँले बोलेका कुरा पुष्टि गर्न म चुनौती दिन चाहन्छु, पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु,’ सांसद गुरूङले भनेका छन।


सांसद गुरूङले सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी पनि निवेदनसँगै राखेर सभामुखलाई दिएको उल्लेख गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex