८ बैशाख २०८१, शनिबार
Header

आरके ज्वेलर्सको शिलबन्दी खोल्न सर्वोच्चको आदेश


प्रकाशित: बुधवार, १८ मंसिर २०७६, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा आरके ज्वेलर्सको न्यूरोड र दरवारमार्गको पसलमा गरिएको शिलबन्दी खोलन सर्वोच्च अदालतले आदेश दिएको छ । 


सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इजलासले ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरिदिएको हो ।


साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय छानविन समितिले २८ जेठ २०७५ मा न्यूरोड र दरबारमार्गमा रहेको ज्वेलरीमा शिलबन्दी गरेको थियो । 


सञ्चालक राजेन्द्र शाक्य सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परे लगत्तै शिलबन्दी गरिएको थियो । 


सर्वोच्चले उक्त पसलहरु लामो समयबन्दी बन्द अवस्थामा रहेकोले आर्थिक नोक्शानी पर्ने र भाडा रकम पनि थपिँदै जाने भन्दै सुविधा सन्तुलनको दृष्टिले पसल खोल्न परमादेश जारी गरेको हो । 


सञ्चाललक शाक्यलाई भने जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । ज्वेलरीबाट प्रहरीले करिब ९ करोड रुपैयाँ बराबरको गहना पनि बरामद गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD