काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक पद्धतितर्फको बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाएको छ ।
आयोगले एक सुचना जारी सो विवरण सार्वजनिक गरेको हो । जस अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जना, उमेर नपुगेकाहरुमध्ये प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जनाको नाम, दोहोरो उम्मेद्वारी परेकाले ६६ जनाको नाम हटाएको छ ।
त्यसैगरी लैंगिक विवरण फरक परेका कारण पनि ३७ जना, मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जना, मतदाता सूचीमा नाम नभएका कारण १८ जना र कागजात पेश नगरेकाले थप ६ जनाका सुचिबाट हटेको आयोगले जनाएको छ ।
आयोगले निर्वाचन कानून र आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारीमा परेकाहरु, कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरुको नाम हटाएको हो ।

Categorized in राष्ट्रिय