काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका उठेका उम्मेदवारहेको नाम सार्वजनिक गरेको छ ।
आयोगका अनुसार ५ हजार ८८९ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि २ हजार ४८४ जना र प्रदेशसभाका लागि ३ हजार ४०५ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका अनुसार उक्त विवरण आइतबार राति ८ः४५ बजेसम्म मनोनयन दर्ता गर्नेहरूको हो ।
Categorized in राष्ट्रिय