काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० गते स्थानिय चुनावको दिन सार्वजनिक विदाको माग गरेको छ ।
विहिवार आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगले सरकारसँग सो दिन सार्वजनिक विदा दिन आग्रह गरेको हो ।
मतदान तथा निर्वाचनको काम गर्न २८ वैशाखदेखि ३० वैशाखसम्म मतदान स्थल र मतदान केन्द्र रहेका विद्यालयमा तीन दिनसम्म भौतिक रुपमा पठनपाठन बन्द गर्न पनि सरकारसँग अनुरोध गर्ने निर्णय भएको आयोगले जनाएको छ ।
आयोगले अहिले सम्म १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी दिएक सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार प्रमुखमा ३ हजार ५१०, अध्यक्षमा ३ हजार ३८७, उपप्रमुखमा २ हजार १६८, उपाध्यक्षमा २ हजार ४०१, वडाअध्यक्ष ३५ हजार ३५३, महिला सदस्यमा २६ हजार ५३२, दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।
निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सम्पन्न गरेको समेत जानकारी दिएको छ ।
Categorized in स्थानिय