१३ बैशाख २०८१, बिहिबार
Header

आयोगले तोकेको जरिवाना नतिरे बालेन्द्रसहित ५ मेयरको पद खारेज हुने


प्रकाशित: शनिवार, १ असोज २०७९, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले खर्च विवरण नबुझाउने स्थानिय निकायका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 


आयोगका अनुसार चुनावी खर्च नबुुझाएको भन्दै काठमाडौं, पोखरा, विराटनगर, चितवन, पोखरा र वीरगन्ज महानगरपालिकाका मेयरलाई जरिवना तोकेको छ ।


उनीहरुलाई आयोगले साढे सात लाख रूपैयाँ जरिवाना तोकेको छ । आयोगका अनुसार निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।


तर काठमाडौंका मेयर बालेन्द्र शाह, मेयर बालेन शाह, पोखराका मेयर धनराज आचार्य, चितवनकी मेयर रेणु दाहाल र वीरगन्जका मेयर राजेशमान सिंहले नियमनुसार खर्च विवरण नबुझाएको पछि आयोगले जरिवना तोकेको हो । 


विजयी भएकाहरूले ६ महिनाभित्र जरिवाना नतिरे उनीहरूको पदनै जाने नियम रहेको निर्वाचन आयोगका प्रमुख आयुुक्त दिनेशकुमार थपिलियाले जानकारी दिए । 


पराजित भएकाहरूको हकमा जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने प्रावधान रहेको छ । 


थपलियाले जरिवाना तिर्ने सूचीमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ पनि परेका छन । उनले साढे पाँच लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ । 


निर्वाचन आयोग निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ । 


आयोगले विवरण बुझाउन पटक–पटक ताकेता गर्दा समेत बेवास्ता गरेपछि कानुन बमोजिम निर्णय लिएको प्रमुख आयुक्त थपलियाले बताए । 


ललितपुरका मेयर चिरिबाबु महर्जनले मात्रै समयमा विवरण बुझाएको आयोगको भनाइ छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD