४ भाद्र २०८३, बिहिबार
Header

आयोगको जरिवाना मिनाहको लागि प्रमुख साहले दिए निवेदन


प्रकाशित: बुधवार, २८ मंसिर २०७९, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (वालेन) ले निर्वाचन आयोगले गरेको जरिवाना मिनाहको लागि निवदेन दिएका छन । 


प्रमुख साहले समयमै निर्वाचन खर्च विवरण आयोगलाई नबुझाएपछि आयोगले ७ लाख जरिवाना तोकेको छ ।


सोही रकम मिनाह गरि पाउँ भनी प्रमुख साहले आयोगमा निवेदन दिएपछि आयोगको कानुनी शाखाले निवेदनमाथि कारवाहीको लागि अघि बढाएको समाचार ईकान्तिपरमा प्रकाशित छ । 


आयोगका अनुसार निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।


आयोगले यस अघिनै पत्रचार गरी जरिवाना बुझाउन प्रमुख साहलाई जानकारी गराईसकेको छ । ६ महिनाभित्र जरिवना नबुझाए निर्वाचित पदाधिकारीकोपद निस्क्रिय हुने कानुनी व्यवस्था रहेको छ । 


निर्वाचन कानुनमा भने जरिवाना मिनाहा गर्ने पुनर्मूल्यांकन गर्ने कानुनी व्यवस्था छैन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex