१४ बैशाख २०८१, शुक्रबार
Header

आयशा शाक्यले जितिन स्वर्ण


प्रकाशित: सोमबार, १६ मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली तेक्वान्दोका आयशा शाक्यले सोमबार भारतसँग भएको प्रतिस्पर्धामा स्वर्ण जितेकी छिन । 


शाक्यले तेक्वान्दोको महिला पुम्सेको ३० वर्ष भन्दा माथि विधामा भारतकी खेलाडीलाई पछि पारेर स्वर्ण जितिन । 


स्कोरबोर्डमा भारतीय खेलाडीलाई पछि पारेपछि उनी एकदमै भावुक बनेकी थिईन । आयशाले रिङको वरिपरि नेपाली झन्डा काँधमा राखेर घुमेकी थिइन । 


यस अघि सन २०१६ मा भारतमा भएको १२औं सागमा आशया रजत पदकमा चित्त बुझाउनु परेको थियो । तर १३ औं सागमा भने उनले स्वर्ण जित्ने लक्ष्य पुरा गरिन ।   


आयशा चर्चित तेक्वान्दो खेलाडी दिपक विष्टकी धर्मपत्नी हुन । दुवैले प्रेमपछि विवाह गरेका थिए  । 


दिपकले बंगलादेशमा भएको सागमा लागतार चार स्वर्ण जितेर कीर्तिमान बनाएपछि संन्यास लिएका थिए  । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD