८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

आयल निगमको प्रस्तावः  एक पटकमा मोटरसाईकललाई ५, कार जिपलाई २० लिटर


प्रकाशित: सोमवार, २० असार २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल खपतको लागि सरकारलाई कोटा प्रणालीको प्रस्ताव गरेको छ ।


निगमले इन्धनको खपत कम गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सो प्रस्ताव गरेको हो । निजी सवारी सधान मोटरसाईकल तथा कार, जिपलाई एक पटकमा एक पटकमा ५ लिटर र कार जिपलाई २० लिटरसम्म मात्रै तेल वितरण गर्नु पर्ने माग गरेको छ । 


सार्वजनिक सवारी साधान तथा अत्यावश्यक सवारी साधनमा भने यो व्यवस्था लागू नगर्न प्रस्ताव छ । विभिन्न १० बुँदे प्रस्तावमा सो प्रस्ताव गरेको हो ।  इन्धनको खपत बढ्दा निगमको नोक्सानी समेत चुलिने भएपछि यस्तो प्रस्ताव तयार गरिएको हो ।


हाल भारतीय आयल कर्पोरेसनलाई २२ अर्ब ऋण चुक्ता गर्नुपर्ने निगमको दायित्व छ । निगमको प्रस्तावमा निजी सवारी साधनमा जोर विजोर प्रणााली लागू गर्नुपर्ने उल्लेख छ ।


छोटो दूरीमा सवारीसाधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन लगायत अन्य उपकरणहरुको आयात बन्द गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्ने प्रस्ताव निगमको छ ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika