काठमाडौं । नेपाल आयाल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध १८ करोड ६६ लाख रुपियाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उनलाई विशेष अदालतमा उक्त रकम गैरकानुनी ढंगबाट सम्पती जोडेको भन्दै मुद्दा दायर गरेको हो ।
आयोगले दायर गरेको अभियोगपत्रमा २७ करोड ३० लाख ७५ हजार सम्पती ८ करोड ६४ लाख ६९ हजार मात्र बैध रहेको उल्लेख गरेको छ ।
खड्काको पुख्र्यौली बाहेकका ३ वटा घर बनाएको छ जुन उनी निगमको कार्यकारी निर्देशक भएको ६ बर्षमा घर जोडेको अख्तियारले जनाएको छ ।
त्यसैगरी खड्काले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेका छन् ।
अख्तियारका अनुसार खड्काले घरजग्गा खरिदमा मात्र ११ करोड ६१ लाख ४३ हजार लगानी गरेको छ ।
त्यसैगरी खड्काले भ्रष्टाचार गरेको रकमहरु मध्ये व्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढी सम्पत्ति जफत गर्न पनि अख्तियारले विशेषसँग माग गरेको छ ।
Categorized in राष्ट्रिय