४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आमिरले देखाएको ‘प्लास्टिकको सडक’ पोखरामा बन्यो


काठमाडौं । बलिउडमा अहिलेको सर्वाधिक चर्चामा रहेका अभिनेता तथा समाजसेवी आमिर खानले चार बर्ष अघि चलाएको बहुचर्चित टिभी शो ‘सत्येम जयन्ते’ मा देखाएको ‘प्लाष्टिकको सडक’ पोखरामा बनेको छ । 


अभिनेता खानले सन् २०१४ एक एक एपिसोडमा देखाएको ‘प्लाष्टिक सडक’ बारे गरिएको बहषमा सामेल बैज्ञानिक राजगोपालन वासुदेवनले गरेको विज्ञान विधिलाई पछ्याउँदै चार वर्षपछि पोखराका दुई जना युवा इञ्जिनियरले ‘प्लास्टिक सडक’ निर्माण गरेका छन् । 


उनीहरुले प्रध्याकप वासुदेवनसँग सम्पर्क गरेर तालिम लिएर ‘प्लाष्टिक सडक’ निर्माण अभियानमा लगेका थिए । पोखरा महानगरपालिका–१४, चाउथेको अनुपम टोलमा यही साउन २ बाट सञ्चालनमा प्लाष्टिकको सडक आएको छ । यो सय मिटर मात्र छ । 


पोखराका इञ्जिनियरद्धय विमल बास्तोला र राजीव सुवेदीले यस अभियानलाई पुरा गर्ने दिशामा अघि बढिरहेका छन् । 


प्लाष्टिक सडक बनेको हेर्न यो लिंक मा क्लिक गर्नुहोला https://youtu.be/TyUCD10AGgc
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex