काठमाडौं । बलिउड परफेक्टनिष्ट आमिर खानको सर्ट मुभी ‘रुवरु रोशनी’ २६ जनवरी शनिवार स्टार प्लसमा देखाईदैछ ।
पछिल्लो समय सोसल मिडियामा एकदमै चर्चा आएको ‘रुवरु रोशनी’ एक सामाजिक सन्देश मुलुक सर्ट मूमि भएको अभिनेता आमिर खानले बताएका छन् ।
आमिर खान प्रडक्शनमा तयार भएको सर्ट भूमी शनिवार विहान ११ बजे स्टार प्लसमा देखाईने भएको छ ।
स्वातीको निर्देशनमा निर्माण भएको यस चलचित्रको स्क्रिनिङ सो हेरेका चर्चित निर्देशक करण जोहरले यस चलचित्रले मानिसको जीवनमै परिवर्तन ल्याउन सक्ने बताए ।
यस चलचित्रले सामाजिक मुद्धाको विषयलाई उठाएको छ । चलचित्रमा मानविय संवेदना, समाजिक सन्देश, एकमदै मनछुने कथा बस्तुमा निर्माण भएको चलचित्र हेरेका वलिउड हस्तीहरु हिना खान, तुसार कपुर, पंकज त्रिपाठी, संगितकार प्रितम, कलाकार रोनित रोय, अभिनेत्री प्रणिती चोपडा, सनी लियन लगयतले बताएका छन ।
सत्यमयेम जस्तो चर्चित सो पछि आमिरको यो दोश्रो प्रयास हो ।

Categorized in मनोरन्जन