६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आमहड्तालमा तोडफोड, आगजनी गरे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी


प्रकाशित: बुधवार, २१ माघ २०७७, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाल सरकारको गृह मन्त्रालयले बुधवार साँझ एक विज्ञप्ती जारी आमहड्तालमा तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कारबाही गर्ने बताएका छन । 


मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको बताउँदै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।


संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले बुधवार आमहड्ताल आह्वान गरेको छ ।


शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।


साथै दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयले बताएको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex