६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आममाफी दिन ल्याएको अध्यादेशको विरोध 


प्रकाशित: सोमवार, २६ मंसिर २०७९, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले राजनीतिक बन्दी रिहा गर्ने उदेश्यले ल्याएको अध्यादेशको विरोध सुरु भएको छ । 


सत्ता गठबन्धन नेतृत्व कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अध्यादेशको विरोध गर्दै सो गलत रहेको बताएको छ । 


महामन्त्री गगन थापाले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गर्दै भने,‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ, थापाले भनेका छन्, ‘यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’


अर्का महामन्त्री शर्माले अध्यादेशलाई गलत भन्दै अध्यादेश ल्याउनुमा कानुनी र राजनीतिक प्रश्न मात्र नभई यो प्रकरणमा नैतिक प्रश्नसमेत जोडिएको बताएका थिए ।


आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतलाई जेलबाट छुटाउनका लागि मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।


कांग्रेस नेता तथा केन्द्रिय सदस्य शेखर कोईरालाले पनि अध्यादेशको विरोध गरेको छन ।


नेता काईरालाले कानुन संसाधोन गरेर अदालतले दोषी ठहराएका रेशम चौधरीलाई माफी दिने प्रयास गरिनु काननुी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतन्त्रको मर्मको उपहास भएको बताएका छन । 


यता सरकारले हिंसात्मक गतिविधिमा संलग्नलाई माफी दिएर मुलधारका शान्तिपूर्ण राजनीतिमा ल्याउनका लागि सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न लागेको बताएको छ ।


मंसिर २५ गतेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकमा योगदान गर्न चाहने सबैलाई अवसर दिनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको मन्त्री कार्कीले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex