२४ बैशाख २०८१, सोमबार
Header

आफ्नो जवाफ नसुनी बालेन हिडेपछि रिसाए प्रम दाहाल


प्रकाशित: सोमवार, २ पुुस २०८०, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुुष्पकमल दाहालको सम्बोधन अघिनै बालेन हिडेपछि दाहालले असन्तुष्टि पोखेका छन । 


काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले कार्यक्रममा प्रमुख अतिथी रहेका प्रधानमन्त्री दाहाललाई फोहोर व्यवस्थापनमा देखिएका कानुनी जटिलता फुकाइदिन र खोला अतिक्रमण गरेको बसेको बस्ती हटाइदिन सहयोग माग गरेका थिए । 

 


‘कुनै कुनै अतिक्रमणहरु हामी आफैंले पनि रोक्न सक्छौं । खोला अतिक्रमण चाहिँ, सम्माननीयज्यू यहीँ हुनुहुन्छ, उहाँले चाहनुभयो भने यहाँदेखि अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो त्यो । सम्माननीयज्यूले चाहनुभयो, गृहमन्त्री ज्यूले चाहनुभयो भने पाँच मिनेटदेखि एक घण्टाभित्र सल्टिने समस्या पनि छन ।’ उनले भने । 


बालेनले प्रम दाहालसमक्ष आफ्ना माग राखेर हिडे तर जवाफ सुन्ने बेलामा नदेखेपछि दाहालले बालेनसँग असन्तुष्टि जनाएका थिए ।


प्रम दाहालले भने, ‘बालेनजी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँड्नीसँग अलिअलि इरिटेसन हुन्छ’, उनले भने, ‘आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्नी अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्न हुन्न । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’


प्रचण्डले आफूले महानगरले राखेको मागलाई सकारात्मक ढंगले सम्बोधन गरेका प्रयासहरु बालेनले नबोलेको प्रति पनि दुःख व्यक्त गरेका थिए । 


खोला किनारका अतिक्रमण, तिनकुनेको मुआब्जा र फोहोर व्यवस्थापनका विषयमा सिंहदरबारमा छलफल गरेर आफूले जति अरु प्रधानमन्त्री कसैले पनि पहल नगरेको बताए । तर पहल गरेको कुराको जस नपाएको गुनासो उनले गरे ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD