४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आफ्नै बाबुलाई गोली हान्ने धम्की दिने पक्राउ


प्रकाशित: विहिबार, ४ असोज २०७५, २२ः०३ बजे
- महानगरखबर

काठमाडौं । आफ्नै बाबुलाई गोली हान्ने धम्की दिने एकलाई विहिवार प्रहरीले दाङको घोराहीबाट पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ का २१ वर्षीय जुनकुमार बुढा रहेको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार उनले आफ्नै बुबालाई गोली हान्ने धम्की दिँदै आएका बुढाको शरिर खानतलासी गर्दा ७ दशमलव ६५ क्यालिभरको पेस्तोलका साथ एक थान म्यागजिन र चार राउण्ड गोली पनि बरामद भएको थियो । 


बुढामाथि थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex