१४ बैशाख २०८१, शुक्रबार
Header

आफ्नै नामको सिम प्रयोग गर्न टेलिकमको सुझाव


प्रकाशित: मंगलवार, २६ कातिक २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई आफ्नै नामको सिम प्रयोग गर्न सुझाव दिएका छन । 


टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यका अनुसार टेलिकमले अबदेखि आफ्नै नामको सिम बोक्नुपर्ने नयाँ व्यवस्था गरेको छ ।


नियामक निकाय दुरसञ्चार प्राधिकरणले अबदेखि मोबाइल नम्बरलाई नै व्यक्तिको पहिचान कोड बनाउने तयारी गरेकोले ग्राहकलाई आफ्नै नाममा दर्ता भएको सिम मात्रै प्रयोग गर्न भनेको हो । 


डिजिटल पेमेन्ट आईडि, अनलाईन पेमेन्ट, लगायतको प्रयोग बढेकोले यस्ता सिस्टमसँग मोबाईल नंबर लिकं गराउँदा बिभिन्न समस्या हुनेगरेकोले आफ्नै नाममा दर्ता भएको सिम प्रयोग गर्न अनुरोध गरेको प्रवक्ता प्रतिभा वैद्यले बताईन । 


पछिल्लो समय अरुको नाममा दर्ता भएको सिम विभिन्न अपराधिक गतिविधिमा प्रयोग भईरहेकोले सो गतिविधि रोक्न नयाँ व्यवस्था गरेको प्रवक्ता बैधले जानकारी दिईन । 


ग्राहकले आफ्नो नामको नम्बर थाहा पाउन *९२२# डायल गर्नुपर्ने हुन्छ । यदि कसैले बोकेको सिम अरुको नाममा दर्ता भएको भए टेलिकमका शाखा कार्यालय बाट आफ्नो नाममा दर्ता गराउन सकिने बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD