७ बैशाख २०८१, शुक्रबार
Header

आफू बसेको ठाउँबाटै मतदाता नामवाली दर्ता गर्न सकिने


प्रकाशित: बुधवार, १५ मंसिर २०७८, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । मंसीर १७ गतेदेखि आफू बसेको ठाउँबाटै मतदाता नामवाली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 


बुधबार काठमाडौ‌ंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सो जानकारी दिए । 


उनले भने, ‘अब आयोगले जो जहाँ छ त्यहीँबाट मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने व्यवस्था मिलाएको छ । दर्ता आफू बसेको ठाउँबाट गरिए पनि त्यो रेकर्ड सम्बन्धित नगर, गाउँ, वडामा आयोगले पठाइदिन्छ ।’


यसको आफू बसेको जिल्ला निर्वाचन कार्यलयमा गएर सम्पर्क गर्न सकिने छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD